आजको पञ्चाङ्ग एवम् राशिफल (२९ भदौ २०७९ बुधबार, १४ सेप्टेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ भदौ २०७९ बुधबार, १४ सेप्टेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वर्षा ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ भाद्र २९ गते बुधबार तद्अनुसार सन् २०२२ सेप्टेम्बर १४ तारिख आश्विन कृष्ण पक्षको चतुर्थी तिथि १२ः२४ पर पञ्चमी तिथि अश्विनी नक्षत्र ९ः५८ पर भरणी नक्षत्र ध्रुव योग कौलव करण आनन्दादिमा मृत्यु योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः४९ मा भयो र सूर्यास्त साँझ १८ः८ मा हुनेछ । पञ्चमी श्राद्ध, इन्द्र ध्वजपातन (नानीचाया), बालदिवस ।

आजको राशिफल

मेष – दिन मनोरञ्जनपूर्ण रहला । कर्ममा रुचि बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ । केही खर्च भए पनि दानपुण्य र भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुष्टि मिल्ने दिन छ । सन्तानबाट सन्तोष प्राप्त हुनेछ ।सुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । कार्यव्यापारमा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आशा उत्साह थपिनेछ । अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ । आर्थिक पक्ष सबल बन्नेछ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ, तर नचिताएको काममा पैसा भने खर्च हुने योग छ सावधान रहनुहोला । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – आज आयस्रोत बढ्ने र घरजग्गाको कारोबार राम्रो हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आज पढाइलेखाइमा राम्रो हुनेछ, सोचेका काम सजिलैसंग पुरा गर्न सकिनेछ । दैनिक कार्यमा ढिलासुस्ती वा उल्झन बेहोर्नुपर्ला । आरोग्य वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – कर्मबल बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । पारिवारिक जीवन सामान्य रहने छ । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् भने समस्याको हल हुने छ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरेअनुसारको फल नपाइने योग छ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – भाग्यबल र पराक्रम बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । लाभदायक समाचार सुन्न पाइएला । साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । तर खर्च धेरै नै बढ्ने छ । सोचेअनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । स्वास्थ्यमा समस्या आइ खर्च हुन सक्छ, ध्यान राख्नुहोला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – भागदौड बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । लामो समयदेखि रोकिएका काम बन्दै जानेछन् । धनलाभ होला । मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ। साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – दाम्पत्यसुख बढ्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ । पराक्रम बढ्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिनेछ । नसोचेको ठाउँबाट धन आर्जन गर्न सक्नुहुनेछ । साथीभाइले साथ दिनेछन् भने मातापिताको आशीर्वाद प्राप्त होला । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – सामर्थ्य बढ्नेछ तर कामको बोझले थाकेको महसूस होला । घरमा पाहुना वा अतिथिको आगमन हुनसक्छ । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । कर्ममा सफल साबित हुनुहुनेछ भने आरोग्यता बढ्ला । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ ।

धनु – सकरात्मकता बढ्नेछ भने धार्मिक स्थल आदिको भ्रमण हुन सक्छ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । साझेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – ब्यस्तता वृद्धि हुनेछ तर आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ । नसोचेका समस्या देखिन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – कार्य क्षमता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । नयाँ काममा हात हाल्ने समय छ । नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । व्यस्त रहनुहुनेछ ।

मीन – प्रेमबल र शुभता वृद्धि हुनेछ । तर, काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । पढाइलेखाइमा समय दिन नसकिएला । सवारी चलाउदा सावधानी अपनाउनुहोला । भीडमा धनमाल हराउन सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।