आजको पञ्चाङ्ग एवम् राशिफल (३१ भदौ २०७९ शुक्रबार, १६ सेप्टेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (३१ भदौ २०७९ शुक्रबार, १६ सेप्टेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वर्षा ऋतु वि.सं. २०७९ भाद्रपद ३१ गते शुक्रबार तद्अनुसार सन् २०२२ सेप्टेम्बर १६ तारिख आश्विन कृष्ण पक्षको षष्ठी तिथि १३/३६ पर सप्तमी तिथि कृतिका नक्षत्र १२:२३ पर रोहिणी नक्षत्र हर्षण योग भद्रा करण आनन्दादियोगमा छत्र योग चन्द्रमा वष राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५:५० बजे भयो र सूर्यास्त साँझ १८:६ बजे हुनेछ । सप्तमी श्राद्ध ।

आजको राशिफल

मेष – आज स्वास्थ्यसम्बन्धी समस्या आइपर्न सक्छ । अल्छीपनले सताउला, धनको पनि क्षति होला । पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । यसका बाबजुद रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आरोग्यता बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम पुन: सुरु हुन सक्छन् । बुद्धिको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – लगानी बढ्नेछ । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काममा सफलता पाइनेछ । धनलाभ पनि हुने दिन छ । साथीसँगको भेटघाटले मन रमाउने छ । आज तपार्इंलाइ अनौठो तरिकाबाट धनलाभ हुन सक्छ । सुख सुविधाको बस्तु बढ्नेछ ।

कर्कट – आयबल वृद्धि हुने र समृद्धि बढ्ने योग भए पनि आज सामान्य रोगले सताउला । तर पनि समाजिक सम्मान भने पाउने समय छ । यात्राको पनि योग छ । आज रमाइलो यात्राको योग पनि रहेको छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । शुभ काममा सफलता प्राप्त हुनेछ । आनन्द वृद्धि होला । मानसम्मान ख्याति फैलिनेछ ।

सिंह – आज कर्मबल बढे पनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनु होला । सामान्य रोगले पनि सताउला । साथै भौतिक सरसामानको पनि क्षति हुन सक्छ । आर्थिक अभाव देखा पर्न सक्छ । आफन्तसित भेटघाट हुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

कन्या – कार्यक्षमता वृद्धि हुनेछ । परिवारिक सुख वृद्धि हुनेछ । बन्दैन भनेको काम पनि तपार्इंको अथक प्रयासमा बन्ने दिन छ, आफन्तको सहयोग पनि प्राप्त होला । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । रसविलासमा रुची बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – भाग्यबल बढ्नेछ । आर्थिक आर्जनको दृष्टिले आजको दिन शुभ छ । नचिताएको टाउबाट आम्दानी हुन सक्छ । आम्दानीका प्रशस्तै बाटाहरु खुल्लान्, ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – दौडधुप बढ्नेछ । आजको दिन कुनै नयाँ काम शुरु गर्दा सफलता मिल्नेछ । काम गर्न जाँगर आउनाले धनको लाभ होला । सन्तान पक्षबाट पनि सुखको अनुभूति हुनेछ । तर परिवारमा आर्थिक समस्याले सताउन सक्छ, विचार राख्नुहोला । आफन्तको सहयोग रहला । साथीसित भेटघाट होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – आज बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने योग भए पनि कसैसंग हल्का मनमुटाव होला । समयमा निर्णय नहुँदा हुन लागेको काममा अवरोध आउने र मनमा चिन्ता बढ्न सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । सन्तानको सुख प्राप्त हुनेछ । शारीरिक र आर्थिक हीत हुने काममा लाग्नु उपयुक्त हुनेछ ।

मकर – व्यस्तता बढ्नेछ, पारिवारिक सुख प्राप्त हुनेछ । धन मान पाउने योग छ । नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । रसरागमा रुचि बढ्ला । आशा उत्साह बढ्नेछ ।

कुम्भ – आज धन वृद्धि हुने र काममा सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला । सोचेका काम पूरा भइ सुखको अनुभव हुने दिन छ, साथै रुपैयाँपैसाको पनि राम्रै कारोबार होला । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । मनोकूलको काममा सफलता मिल्नेछ ।

मीन – बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवाद होला । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । मीठो भोजन खान पाउनुहुनेछ । भाग्यवर्द्धक काममा आकर्षण बढ्नेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । समयले साथ दिनेछ ।