आजको पञ्चाङ्ग एवम् राशिफल (२ असोज २०७९ आइतबार, १८ सेप्टेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ असोज २०७९ आइतबार, १८ सेप्टेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं.११४२ शरद ऋतु वि.सं. २०७९ आश्विन २ गते आइतबार तद्अनुसार सन् २०२२ सेप्टेम्बर १८ तारिख आश्विन कृष्ण पक्षको अष्टमी तिथि मृगशिरा नक्षत्र सिद्ध योग तैतिल करण आनन्दादियोगमा सौम्य योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः५० बजे र सूर्यास्त साँझ १८ः४ बजे हुनेछ । अष्टमी श्राद्ध, गोरखकाली पूजा, जीवत्पुत्रिका व्रत (जितिया पर्व) ।

आजको राशिफल

मेष – आजको दिन पराक्रम बढ्ने र रसरागमा आकर्षण बढ्ने योग छ । कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाउबाट धन प्राप्त होला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आज बोली र व्यक्तित्वको प्रभाव बलियो बने पनि स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । विलासितामा धन खर्च हुनेछ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन उदास रहला, बहलिने कोशिस गर्नु हितकर हुनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्यप्राप्तिमा अवरोध पुग्ला ।

मिथुन – आरोग्यता वृद्धि हुनुका साथै रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ, तर अर्थअभावले काम रोकिने सम्भावना छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । तथापि आज तपाईंलाई सहयोगीहरूले राम्रो साथ दिनेछन् । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – लगानी वृद्धि हुने र समृद्धि बढ्नेछ । आशा उत्साह बढ्नेछ । दिगो आम्दानी हुने काम सुरु हुनेछ भने प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ, तर आशा देखाउनेहरूले फसाउन सक्छन् । साझेदारीमा भने राम्रो फाइदा हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । खेलकुद भ्रमणमा रुचि बढ्ला ।

सिंह – आज आफन्तसित भेटघाट हुनेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । कामबाट धेरैलाई प्रभावित बनाउन सकिनेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना पनि रहेकोले ध्यान राख्नुपर्नेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – आज आश्वासन बाँड्नेले नै झुक्याउन सक्छन् । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । कार्य क्षमता भने वृद्धि हुनेछ । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । परिवारिक सुख वृद्धि हुनेछ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । हाँसविलासमा रुची बढ्नेछ ।

तुला – भाग्यबल बढ्ने र रोकिएको काम बन्नेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । पहिलेका सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनुहोला । व्यावसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ ।

वृश्चिक – आज भागदौड वृद्धि होला, धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । भाग्योदय होला । आफन्तको सहयोग बढ्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । नयाँ काम प्रारम्भ हुन सक्छ । आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई हराउन सकिनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – प्रेमबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन, तर पनि अर्थ लाभ हुने देखिन्छ । देखिएको समस्याको समाधान गर्नुहुनेछ । मनोकूलको काम बन्नेछ । शारीरिक र आर्थिक समृद्धि हुने काममा लाग्नु हीतकर रहला ।

मकर – व्यस्तता बढ्नेछ । पारिवारिक सुख प्राप्त हुने योग भए पनि स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । आज छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनुहोला । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – आज परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ । व्यापार ब्यावसायमा भने बढी नै फाइदा हुने समय छ । सभासमारोहमा पुरस्कार पाउनुहुनेछ । सुख शान्ति बढ्ला ।

मीन – यशबल बढ्नेछ । मन अनुकूलको काम बन्नेछ । सामान्यतया दिन राम्रै रहेको छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । समयले साथ दिनेछ । रोकिएको धन प्राप्त हुनेछ ।