आजको पञ्चाङ्ग एवम् राशिफल (३ असोज २०७९ सोमबार, १९ सेप्टेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ असोज २०७९ सोमबार, १९ सेप्टेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शरद ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं.२०७९ आश्विन ३ गते सोमबार तद्अनुसार सन् २०२२ सेप्टेम्बर १९ तारिख आश्विन कृष्ण पक्षको नवमी तिथि आर्द्रा नक्षत्र व्यतिपात योग वणि करण आनन्दादिमा काल योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः५१ मा र सूर्यास्त साँझ १८ः२ मा हुनेछ । मातृनवमी, नवमी श्राद्ध, संविधान दिवस ।

आजको राशिफल

मेष – पराक्रम एवम् समृद्धि बढ्नेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । आज आश्वासन दिएर झुक्याउनेहरूले सताउन पनि सक्छन्, ध्यान राख्नुहोला । यात्रामा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – सम्पत्ति बढ्ने र बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्ने दिन छ । आशा उत्साह थपिनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ होला । स्वास्थ्य कमजोर रहनाले चाहिँ जोशजाँगरमा कमी आउनेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – दिन राम्रै छ । आरोग्यता बढ्नेछ भने कार्यक्षमता वृद्धि होला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आजको दिन मनोरञ्जनपूर्ण रहला । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति होला । आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । लगानी बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – आयबल बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । आफन्तबाट टाढिनुपर्ने समय छ । खेलकुदका क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कन्या – कर्मबल बढ्ने योग भए पनि पुरानो रोगले पनि सताउन सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमी-कमजोरीलाई पनि सुधार गर्ने मौका छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ ।

तुला – भाग्यबल बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुनेछ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो रहला ।

वृश्चिक – व्यस्तता बढ्नेछ भने कर्ममा सफल साबित हुनुहुनेछ । आरोग्यता पनि बढ्ला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । वित्तादि लाभ पनि प्राप्त होला । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – प्रेमभाव र सकरात्मकता बढ्नेछ । भाग्योन्नतिको समय छ। धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । ब्यवसायमा प्रशस्तै लाभ हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – आरोग्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – आजको दिन विवादमा पर्नुबाट बच्नु उपयुक्त हुनेछ । प्रेमभाव बढ्ने समय छ । कार्य क्षमता तथा पराक्रम बढ्नेछ । जटिल काम सम्पादन हुनाले उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – दोडधुप बढे पनि रमाइलोसँग दिन बित्नेछ । रोकिएको काम बन्न सक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।