चीनमा क्वारेन्टाइनमा लैजाँदै गरेको बस दुर्घटनापछि सरकारविरुद्ध सर्वसाधारण क्रुद्ध

चीनमा क्वारेन्टाइनमा लैजाँदै गरेको बस दुर्घटनापछि सरकारविरुद्ध सर्वसाधारण क्रुद्ध


चीनमा कोभिड-१९ को क्वारेन्टाइनमा मानिस लैजाँदै गरेको बस दुर्घटनापछि सर्वसाधारणले सरकारको कडा आलोचना गरेका छन् । दक्षिण-पश्चिमी प्रान्त गुइझोउको मोटरवेमा गाडी पल्टिएको थियो । उक्त दुर्घटनामा २७ जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका थिए ।

दुर्घटनाले बेइजिङको शून्य कोभिड नीतिको आलोचना गर्नेहरूबाट अनलाइन क्रोध फैलायो । नीतिमा सामूहिक परीक्षण र ट्र्याकिङ समावेश छ । पोजेटिभ देखिएका र नजिकका सम्पर्कमा आएका व्यक्तिलाई घरमा वा क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ । आइतबार बिहान भएको दुर्घटनाको कारणबारे भने केही बताइएको छैन ।

बाँकी विश्वले कोभिडसँगै बाँच्न खोजिरहेको बेला चीन एक मात्र प्रमुख अर्थतन्त्र हो जुन अझै पनि भाइरस विरुद्धको लडाइँलाई प्राथमिकता दिन्छ ।

गुइझोउमा शनिबार ७१२ जनामा कोभिड संक्रमण देखिएको थियो ।