अमेरिकामा कोभिड समाप्त भएको राष्ट्रपति बाइडेनको उद्घोष

अमेरिकामा कोभिड समाप्त भएको राष्ट्रपति बाइडेनको उद्घोष


अमेरिकी राष्ट्रपति जोन बाइडेनले अमेरिकामा कोभिड भाइरस समाप्त भएको बताएका छन् । कोभिड प्रतिबन्धहरू राष्ट्रव्यापी रूपमा हटाइएको र यात्रा सामान्य अवस्थामा फर्किएको अवस्थामा बाइडेनको भनाइ आएको हो ।

‘महामारी समाप्त भएको छ, तर हामीसँग अझै पनि कोभिडको समस्या भने छ । हामी अझै यसमा धेरै काम गरिरहेका छौं’, राष्ट्रपति बाइडेनले भनेका छन् ।

तर, केही साताअघि मात्र बाइडेनले कोभिड परीक्षण र खोप सञ्चालनहरू जारी राख्न कांग्रेसबाट अर्बौं डलर निकासा गर्न अनुरोध गरेका थिए ।