घरेलु हिंसाको आरोपमा फिजीका प्रधानमन्त्रीका छोराविरुद्ध अष्ट्रेलियामा सत्र मुद्दा

घरेलु हिंसाको आरोपमा फिजीका प्रधानमन्त्रीका छोराविरुद्ध अष्ट्रेलियामा सत्र मुद्दा


फिजीका प्रधानमन्त्री फ्रान्क बैनिमारामाका छोरालाई अष्ट्रेलियामा घरेलुहिंसाको आरोप लागेको छ । ३६ वर्षीय रातु मेली बैनीमारमामाथि कुटपिट, घाँटी थिच्नेलगायत १७ वटा मुद्दा चलिरहेको छ ।

उनीमाथि सम्पत्तिमा क्षति पुऱ्याएको र सहमतिविना तस्बिर बाँडेको आरोप पनि लागेको छ ।

ती अपराधहरू सिड्नीमा फेब्रुवरी र मे महिनाको बीचमा भएको थियो । यस महिनाको सुरुमा पुलिसमा उजुरी परेपछि गत हप्ता उनी पक्राउ परेका थिए ।

तथापि, बैनीमारमालाई जमानत दिइएको छ र उनमाथि लागेको मुद्दामा अक्टोबरमा सुनुवाइ हुनेछ । उनी फ्रान्क बैनीमारामाका एक मात्र छोरा हुन्, जो एक वर्षअघि सैन्य विद्रोहको नेतृत्व गरेपछि सन् २००८ देखि सत्तामा छन् ।