- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर शरद ऋतु वि.सं. २०७९ आश्विन ४ गते तद्अनुसार सन् २०२२ सेप्टेम्बर २० तारिख मंगलबार आश्विन कृष्ण पक्षको दशमी तिथि पुनर्वसु नक्षत्र वरियान योग वणि करण आनन्दादिमा स्थिर योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५१ मा भयो र सूर्यास्त साँझ १८ः१ बजेमा हुनेछ । दशमी श्राद्ध ।
आजको राशिफल
मेष – पराक्रम वृद्धि हुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । बल विवेक बढ्नेछन् । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । मान र विद्या प्राप्त हुने समय छ। विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुने योग छ । तर आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
वृष – सार्वजनिक कार्यक्रममा सफलता प्राप्त हुने देखिए पनि थोरै उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । नचिताएको ठाउमा धन खर्च गर्नुपर्ने अवस्था आउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
मिथुन – आरोग्यता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । सफलताका लागि केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । नयाँ काममा हात हाल्ने समय आएको छ । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – आरोग्यता बढ्नेछ । कार्यगति पनि वृद्धि होला । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सन्े सम्भावना पनि रहेकोले सचेत रहनुपर्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – कार्यगतिका साथै आयबल बढ्नेछ । आज मिठो भोजन प्राप्त हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।
कन्या – भाग्य वृद्धि हुने र पारिवारिक सुखशान्ति समृद्धि बढ्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । इर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – व्यस्तता बढ्नेछ । शुभ र धनबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । रसरागमा आकर्षण बढ्नेछ ।
वृश्चिक – बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने र धेरैलाई लाभ हुने कार्य गर्ने मौका छ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । दाम्पत्यसुख बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । ऋण रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।
धनु – कार्यगति र क्षमता वृद्धि हुनेछ, तर परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला ।
मकर – प्रेमबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ । तर अरूको सुझावमा भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । नियमकानूनले भने साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ – पराक्रम वृद्धि हुनेछ । परिवारिक सुख बढ्नेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मानसम्मान पनि पाइनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।
मीन – आफन्तको साथ मिल्नेछ । वार्तामा सफलताका साथै आर्थिक पक्ष बलियो बन्नेछ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुहोला । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।
प्रतिक्रिया