पुटिनको सेना परिचालन आदेश कमजोरीको संकेत : अमेरिका

पुटिनको सेना परिचालन आदेश कमजोरीको संकेत : अमेरिका


राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी भूभागमा आंशिक सेना परिचालन गर्न दिएको आदेश आंशिक कमजोरीको संकेत भएको युक्रेनका लागि अमेरिकी राजदूतले बुधबार बताएकी छन् ।

जनमत संग्रह र सेना परिचालन रुसी असफलताको संकेत हो, राजदूत ब्रिजेट ब्रिंकले एक ट्विटर सन्देशमा लेखेकी छन् ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक सैन्य परिचालनको आदेश दिएका थिए । राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण जारी राख्दै अर्थतन्त्रलाई ‘युद्धकालीन चरणमा’ राख्नको लागि देशमा आंशिक सैन्य परिचालनको घोषणा गरेको बताएका छन् ।