आजको पञ्चाङ्ग एवम् राशिफल (८ असोज २०७९ शनिबार, २४ सेप्टेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ असोज २०७९ शनिबार, २४ सेप्टेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ शरद ऋतु वि.सं. २०७९ आश्विन ८ गते शनिबार तद्अनुसार सन् २०२२ सेप्टेम्बर २४ तारिख आश्विन कृष्ण पक्षको चतुर्दशी तिथि पूर्वाफाल्गुणी नक्षत्र साध्य योग भद्रा करण आनन्दादियोगमा लुम्ब योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५:५३ बजे र सूर्यास्त साँझ १७ः५७ बजे हुनेछ । शस्त्रादिबाट निधन भएकाहरुको चतुर्दशी श्राद्ध ।

आजको राशिफल

मेष – आजको दिन विवादमा पर्नसक्ने योग रहेकोले बोल्दा धैर्य अपनाउनु हितकर हुनेछ । पेशागत रुपमा समस्या देखिन सक्छ । अनौठो समाचार सुन्न पाइएला । प्रेममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – व्यस्तता बढ्नेछ भने बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मन हर्षित हुने दिन छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदी बहिनी वा कुटुम्बका काममा सघाउनुपर्नेछ । सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागीरमा दिन ठिकै छ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

मिथुन – दिन राम्रै छ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै खुसीको खबर प्राप्त हुनेछ । चल तथा अचल सम्पत्तिको कारोवार हुनसक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । आज यात्राको पनि योग रहेको छ । रसरागमा रुचि बढ्नेछ । सुख सुविधाको बस्तु बढ्नेछ ।

कर्कट – रोकिएका काम शुरु हुने दिन रहेको छ । धन तथा समृद्धि बढ्नेछ । धैर्यले काम लिने समय छ । मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्नेछन् । अप्रत्याशित लाभ हुनेछ, टाढाको यात्राको पनि योग रहेको छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । मिठो भोजन मिल्नेछ ।

सिंह – आफन्तसित भेटघाट हुने दिन छ । इष्टमित्र सन्तानको सुख प्राप्त होला । स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला । ब्यर्थमा ब्यय हुने देखिन्छ, सचेत रहनुहोला । पीडा दिनेहरु सक्रिय रहलान् । मिठो भोजन प्राप्त हुनेछ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – आज ठूला व्यक्तिबाट प्रशंसित भइने योग छ । कार्य क्षमता वृद्धि होला । नयाँ कामको थालनी गर्दा राम्रो हुनेछ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा(मामिलामा विजयी भइनेछ, अन्नलाभ पनि होला । मान महत्व बढ्नेछ । रसरागमा रुचि बढ्ला । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – आयस्रोत बढ्नेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । आफन्तमिलनले सुख दिनेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – कार्यगति बढ्नेछ । सद्कर्म पथमा प्रगति होला । आफन्तको सहयोग बढ्ला । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुन सक्छ । कामहरु पनि सजिलै बन्नेछन् । साथै टाढाको यात्रा हुने योग छ । हासखेल भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – अनावश्यक दौडधुप बढ्नेछ । घरेलु समस्याले सताउनेछ । मित्र बनेर धोकादिनेहरु सक्रिय रहलान् । साथै अर्थको पनि हानी हुने दिन छ । शरिरमा रोगले सताउला, धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनुहोला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ ।

मकर – बन्न लागेको काम बिग्रेर मन खिन्न हुन सक्छ । तथापि पारिवारिक सुख प्राप्त हुनेछ । धनलाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । काममा कठिनाइ सहनु पर्नेछ । काम बिग्रन पनि सक्छ, रुपैयापैसाको लेनदेन पनि खासै राम्रो छैन । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – पराक्रम वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । आर्थिक पक्ष आज सन्तोषजनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव हुन्छ । पठन–पाठनमा मन जानेछ, मनोकूलको काममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ । सुख शांति बढ्ला ।

मीन – आजको दिन प्रेमभाव बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । भाग्यवर्द्धक काममा आकर्षण बढ्नेछ । नया कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ, आर्थिक लाभ पनि होला । आज कुनै नयाँ कामको थालनी गर्नुभए हितकर होला । सुखी र सफल रहनुहुनेछ । समयले साथ दिनेछ । रोकिएको धन प्राप्त हुनेछ ।