आजको पञ्चाङ्ग एवम् राशिफल (१३ असोज २०७९ बिहीबार, २९ सेप्टेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ असोज २०७९ बिहीबार, २९ सेप्टेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ सरद ऋतु वि.सं. २०७९ आश्विन १३ गते बिहीबार तद्अनुसार सन् २०२२ सेप्टेम्बर २९ तारिख आश्विन शुक्ल पक्षको चतुर्थी तिथि स्वाती नक्षत्र ७ः१६ पर विशाखा नक्षत्र विषकुम्भ योग वणि करण आनन्दादियोगमा स्थिर योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५६ बजे भयो र सूर्यास्त साँझ १७ः५१ बजे हुनेछ ।

आजको राशिफल

मेष – लाभदायक समय छ । आज पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्नेछ । ब्यापारमा पनि सोचेअनुरुपको फाइदा होला । दाम्पत्यसुख बढ्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा पनि सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । आरोग्यता वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आरोग्यता बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव पनि बलियो बन्ला । आशा उत्साह बढ्नेछ । आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । रुपैयाँपैसाको कारोबार होला, नयाँ सामानमा खर्च हुने दिन छ । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने छन् । घरपरिवारको स्थिति अनुकूल रहला, साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

मिथुन – आजको दिन त्यति शुभदायी नरहला । अनावश्यक डर पैदा होला । वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, सावधानीपूर्वक व्यवहार गर्नुहोला । गरेका कामहरु अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । प्रेमभाव र रसरागमा रुचि बढ्नेछ ।

कर्कट – व्यस्तता बढ्नेछ । व्यवहारिक समस्याले सताउने छ । कामहरु अधुरै रहनाले मन खिन्न रहला । घरपरिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन्् केहीले अनावस्यक डर देखाउने किसिमको मिश्रित समय छ । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद तथा भ्रमणमा रुचि बढ्ला ।

सिंह – नयाँ सम्भावना देखापर्नेछ । आफन्तसित भेटघाट हुनेछ । दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पूरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुनेछ, सामान्यतया दिन राम्रो छ । केही नयाँ काम थाल्ने समय छ, धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । धन सम्पन्नता बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ ।

कन्या – मान-महत्व बढ्नेछ । कार्य क्षमता वृद्धि हुनेछ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ, सोच्दै नसोचेको ठाउँबाट आर्थिक लाभ हुने समय छ । साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ, साथै कुराकानीले धनलाभको बाटो पत्ता लाग्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । रसविलासमा रुची बढ्नेछ । आशा उत्साह थपिनेछ ।

तुला – दिन संघर्षमय नै रहला । स्वास्थ्यमा समस्या आउला । गरेका कार्यहरु हतपत नबन्ने र बनिहाले पनि मेहनत गरेअनुसारको फल नपाइने योग छ । गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ । रोगको कारणले पनि धननाश होला । आफन्तको सहयोग समर्थन मिल्नेछ ।

वृश्चिक – सद्कर्म पथमा प्रगति होला । भाग्योदय हुनेछ । साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन् । प्रयासअनुसारको कार्य हुनुका साथै परिआएका समस्याको हल हुनेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । धैर्य र संयमले काम गरेमा अझै सफलता मिल्नेछ ।

धनु – आयस्रोत बढ्ने तथा बौद्धिक एवम् रचनात्मक काममा सफलता मिल्नेछ । उद्योग तथा कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्नेछन् । धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रम खेर नजाने र अर्थ लाभ तथा प्रगतिको प्रशस्त सम्भावना छ, यात्रा पनि होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मकर – पारिवारिक सुख प्राप्त हुनेछ । यात्राको लागि उचित समय रहेको देखिन्छ, कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । अनौठो र लाभदायक यात्राको योग छ । सरसामान बिग्रेर दुःख पनि पाइएला, परिवारमा हल्का विवाद हुन सक्छ । साहसिक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – चुनौतीपूर्ण समय छ । सोचअनुसार काम नहुँदा मानसिक दबाब पर्न सक्छ । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । सोचेनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन । सामान्य रोगले पनि सताउला ।

मीन – भागदौड बढ्नेछ । काममा त्यति जाँगर नलाग्ला, तथापि आँटेगरेका काम भने पूरा हुनेछ । समस्याको समाधान हुनेछ, परिवारबाट सुख मिल्ने दिन छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । रोकिएको धन प्राप्त हुनेछ । जोखिमपूर्ण कार्यमा नपर्नु हितकर हुनेछ ।