एमाले नेता पाण्डेलाई मातृशोक

एमाले नेता पाण्डेलाई मातृशोक


नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ ।

उहाँहरूकी ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको हो ।

नेता सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमा जनाएअनुसार कान्छो भाइ दीपेन्द्रले बिहान ४ः१५ बजे फोन गरेर आमाको निधन भएको खबर गरेका थिए ।

चितवनमा रहनुभएका सुरेन्द्र चितवनमा तय भएका राजनीतिक कार्यक्रमहरु छोडेर काठमाडौं प्रस्थान गर्नुभएको छ भने मुख्यमन्त्री पाण्डे पनि हेटौंडाबाट काठमाडौंतर्फ लाग्नुभएको बताइएको छ ।

स्वर्गीय पाण्डेका नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डे, मुख्यमन्त्री राजेन्द्र पाण्डेसहित पाँच छोरा र तीन छोरी हुनुहुन्छ ।