आजको पञ्चाङ्ग एवम् राशिफल (१५ असोज २०७९ शनिबार, १ अक्टोबर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ असोज २०७९ शनिबार, १ अक्टोबर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर शरद ऋतु वि.सं. २०७९ आश्विन १५ गते तद्अनुसार सन् २०२२ अक्टुबर १ तारिख शनिबार आश्विन शुक्ल पक्षको षष्ठी तिथि ज्येष्ठा नक्षत्र आयुष्मान योग कौलव करण आनन्दादिमा मुशल योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५७ मा भयो र सूर्यास्त सांझ १७ः४९ बजे हुनेछ । विम्ब निमन्त्रण । ३२औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ।

आजको राशिफल

मेष – आजको दिन शुभदायी छ । रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । यात्राको योग पनि छ । आफ्नो श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । शुभ समाचार प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । सन्तानबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – आरोग्यताका साथै आम्दानी र प्रगतिको दर बढ्नेछ । सार्वजनिक कार्यक्रममा सफलता प्राप्त हुनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । विभिन्न अवसरले पछ्याउनेछन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पूरा हुनेछन। बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आजको दिन बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने योग रहे पनि अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । सहयोगीहरू नै प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । तथापि शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट – दिन खासै उत्साहजनक नरहला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । तर आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । आफन्तहरू टाढिनेछन् भने सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ । नजिकका साथीभाइ टाढिन सक्छन । रसरागमा भने आकर्षण बढ्नेछ । खेलकुद भ्रमणमा रुचि रहला ।

सिंह – सौभाग्य बढ्नेछ । कार्यगति पनि वृद्धि होला । आशा उत्साह बढ्नेछ । भाग्यबर्द्धककाममा सफलता मिल्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । सहयोगीहरू जुट्नाले काममा उत्साह थपिनेछ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । राजनीतिमा हुनेका लागि दिन फलदायी रहनेछ ।

कन्या – शुभता वृद्धि हुनेछ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । साथै रोकिएका काम बन्नेछन् । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आजको दिन शुभ र धनवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । तर स्वास्थ्य कमजोर रहनाले सोचेजति काम गर्न नसकिएला । जिम्मेवारी बढ्नेछ । हतारको निर्णयले धोका हुन सक्छ । रसरागमा रुचि बढ्नेछ ।

वृश्चिक – आरोग्यता बढ्नेछ । काममा सफलता प्राप्त होला । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि पुरा हुनेछन । रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुनेछ । आँटेका काम पुरा हुनेछन । टाढाका शुभचिन्तकहरूले साथ दिनेछन् । कार्यमा सफलता प्राप्त हुनेछ । शुभ काममा आकर्षण बढ्नेछ । सुखसुविधाको वस्तु किन्नु हुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला ।

धनु – आजको दिन लाभदायक रहला । व्यवसायीले लगानी वृद्धि गर्नु उचित हुनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । सहयोगीहरूले साथ र हौसला दिनेछन । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – कार्यक्षमता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको पनि सम्भावना छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । अरूको मन जितेर अवसर हात पार्न सकिनेछ । परिवारिक सुख बढ्नेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – आज आकस्मिक खर्च हुने योग छ, सावधान रहनु उचित हुनेछ । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले पनि सताउने देखिन्छ । भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ । बौद्धिक र रचनात्मक कार्य भने बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – आफन्तको साथ र वार्तामा सफलता मिल्ने योग भए पनि आज लेनदेनमा विवाद हुन सक्छ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । आँटेका काम मुस्किलले बन्नेछन् । खर्च बढाउनुका साथै आर्थिक अभावले काम रोकिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन, भोतिक साधनको क्षति हुने समय छ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ ।