- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ सरद ऋतु वि.सं. २०७९ आश्विन १६ गते आइतबार तद्अनुसार सन् २०२२ अक्टुबर २ तारिख आश्विन शुक्ल पक्षको सप्तमी तिथि मूल नक्षत्र सौभाग्य योग बब करण ३ः५३ पर भद्रा करण आनन्दादियोगमा सिद्धि योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५७ बजे र सूर्यास्त साँझ १७ः४७ बजे हुनेछ । फूलपाती, नवपत्रिका प्रवेश ।
आजको राशिफल
मेष – आजको दिन काम गर्ने जाँगर त्यत्ति नरहन सक्छ । मनमा खराब विचारहरुले डेरा जमाउने छन्, जसका कारण काममा रोकावट र मानसम्मानमा आघात पुग्न सक्छ । तथापि, दाम्पत्य सुख मिल्ने समय छ । रसरागमा आकर्षण बढ्नेछ भने सन्तानबाट सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सोच्दै नसोचेको काम सम्पादन हुने समय छ । धनको आगमन होला ।
वृष – जोखिम बढे पनि आज बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला । रोकिएको काम बन्न सक्छ, धन लगानी गर्ने अवसर पाउनुहुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । सोचेभन्दा बढी नै लाभ हुने समय छ ।
मिथुन – बिग्रिएका कामहरु आज बन्नेछन् तर तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । विगतको कामबाट भने लाभ हुनेछ । सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ । दाम्पत्यसुख र प्रेमभाव बढ्नेछ । रसरागमा रुचि रहला । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन र सुख सुविधाको बस्तु प्राप्तिको योग छ ।
कर्कट – आरोग्यता बढ्ने र व्यस्त रहनुपर्ने दिन छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना रहेकोले सचेत रहनुहोला ।आजको दिन खस यात्रा नगरेकै बेश होला । कामको उचित प्रतिफल पाइने योगछ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । मौकाको फाइदा उठाउन नसकिएला । बौद्धिक र रचनात्मक काम बन्नेछ ।
सिंह – आज घरका जेष्ठ सदस्यको स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ, सावधान रहनुहोला । प्रेमभाव बढ्ने र आफन्तसित भेटघाट हुने योग छ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्ला । होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । शत्रुप्रति विजय प्राप्त हुनेछ ।
कन्या – कार्य क्षमता वृद्धि हुनेछ । भाग्यबल बढ्नेछ । धन आर्जन गर्ने मौका छ । कर्मप्राप्तिको योगका कारण राम्रै सफलता मिल्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि होला । रस विलासमा रुचि बढ्नेछ । आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।
तुला – आरोग्यता बढ्नेछ भने रोकिएको काम बन्नेछ । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । प्रतिस्पर्धीहरूले हार खान सक्छन् । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । प्रतिष्ठा कमाउने काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।
वृश्चिक – आश्वासन दिनेले झुक्याउन सक्ने हुँदा आज विशेष सतर्कता अपनाउनु हितकर होला । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । आफन्तको सहयोग बढ्ला । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । शैक्षिक र रचनात्मक कार्य सफल रहनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।
धनु – शुभता बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । तथापि, शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन् । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला । व्यावसायिक काममा राम्रै फाइदा मिल्नेछ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान गर्नुहुनेछ ।
मकर – लगानी बढ्नेछ भने पारिवारिक सुख प्राप्त हुनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साहप्रद देखिन्छ । धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुनसक्छ । रसरागमा रुचि बढ्ला । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग रहनेछ ।
कुम्भ – आज तपाईको कुरा काट्नेहरु सक्रिय रहलान् । घरपरिवारको स्थिति अनुकूल रहनेछ । आकस्मिक यात्राको समय छ । नयाँ जिम्मेवारी पाइएला । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । काममा सफलता मिल्नेछ । सभासमारोहमा मान–पुरस्कार पाउनुहुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । विजयश्री मिल्ने छ । मनोकूलको काममा सफलता मिल्नेछ ।
मीन – कर्मबल बढ्ने, बौद्धिक र रचनात्मक कार्य बन्ने योग भए पनि आज शरीरमा आलस्यता बढ्नेछ । विस्वास गरेकाबाट धोका हुन सक्छ । पठनपाठनमा त्यति समय दिन नसकिएला । अरूले आलोचना गर्न सक्छन् । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । मीठो भोजन मिल्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । सन्तानको सुख प्राप्त हुनेछ ।
प्रतिक्रिया