मानव विकासबारे असम्भवतुल्य कुरा पत्ता लगाउने वैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

मानव विकासबारे असम्भवतुल्य कुरा पत्ता लगाउने वैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार


यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोलाई प्रदान गरिने भएको छ । मानव प्रजातिको विकासक्रमसम्बन्धी काम गरेबापत पाबोलाई चिकित्साशास्त्रतर्फको पुरस्कार दिइने भएको हो ।

मानव जातिको विलुप्त तर मानव जातिनिकट पूर्वज प्रजाति नियनडर्थहको आनुवांशिक संकेत पत्ता लगाएर असम्भवतुल्य काम गरेकाले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ । उनलाई १ करोड स्वीडिश क्रोनर प्रदान गरिनेछ ।

नोबेल कमिटीले भनेको छ, ‘अहिले जीवित मानव र लुप्त भइसकेको होमिनिनहरूबीचको भिन्नता देखाउने आनुवंशिक फरक हाम्रा अगाडि राखिदिएर उनको अनुसन्धान हामी मानव विशिष्ट कसरी छौँ भन्ने पत्ता लगाउने आधार बनेको छ।’