दशैँमा मामाघर हिँडेका बालक खोलामा बगेर बेपत्ता

दशैँमा मामाघर हिँडेका बालक खोलामा बगेर बेपत्ता


  • मुक्तिनाथ भुसाल, अर्घाखाँची

अर्घाखाँचीको सन्धिखर्कमा एक बालक खोलाले बगाएर बेपत्ता भएका छन्। दर्शै मनाउन मामाघर हिँडेका बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको हो ।

सन्धिखर्क नगरपालिका-७, खाँचीकोट किटेनी निवासी तारा पौडेलका १० वर्षीय छोरा समिर पौडेललाई स्थानीय फर्ज्याङ खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पौडेल एक छोरा र एक छोरी लिएर दशैँ मनाउन भूमिकास्थान-७, चिदिचौर जाने क्रममा खोला तर्न खोज्दा बालकलाई बगाएको हो ।

आफ्नो बच्चा खोलाले बगाएपछी पौडेलले प्रहरीलाई खबर गरेकी थिइन् । खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगी खोजिकार्य गरेपनि फेला पार्न नसकेको र खोजी कार्य जारी रहने बताइएको छ ।