आजको पञ्चाङ्ग एवम् राशिफल (२३ असोज २०७९ आइतबार, ९ अक्टोबर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ असोज २०७९ आइतबार, ९ अक्टोबर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ शरद ऋतु वि.सं.२०७९ आश्विन २३ गते आइतबार तद्अनुसार सन् २०२२ अक्टुबर ९ तारिख आश्विन शुक्ल पक्षको पूर्णिमा तिथि उत्तराभाद्रपद नक्षत्र ध्रुव योग भद्रा करण आनन्दादियोगमा स्थिर योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०१ बजे भयो र सूर्यास्त साँझ १७ः४० बजे हुनेछ । पूर्णिमा व्रत, कोजाग्रत व्रत, कार्तिक संक्रान्ति, आकाशदीप दान, रासमहोत्सव ।

आजको राशिफल

मेष – आजको दिन कार्यगति बढ्नेछ । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । नयाँ कामहरू पाउने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । आरोग्य वृद्धि हुनेछ तर खानपानमा विचार गर्नुहोला । । खेलकुद तथा भ्रमणमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आज आयस्रोत बढ्ने तथा धनलाभको योग छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । चरित्रसम्बन्धी आरोप लाग्न सक्ने देखिएकोले आज विपरितलिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । टाढाको यात्रा गर्ने अवसर प्राप्त होला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । आशा उत्साह बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – आजको दिन मातापिता र सन्तानसँग मतभेद बढ्न सक्ने देखिएकोले व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । पढाइलेखाइमा अवरोध आउने योग छ । आजको कतिपय निर्णय खराब हुनसक्छ, निर्णय गर्दा अलिक विचार गर्नुपर्ला । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ ।

कर्कट – शुभता र समृद्धि बढ्ने देखिए पनि आजको दिन नगद कारोबार नगरेकै राम्रो । बलभन्दा बुद्धिको काममा जोडदिनुहोला । आयव्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । खर्चका बाध्यता धेरै आइपर्ने छन् । विभिन्न उपहार पनि प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आशा उत्साह बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् ।

सिंह – भागदौड बढ्नेछ । आफन्तसित भेटघाट हुनेछ । धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्वासघात हुने भएकोले गोपनीयतामा एकदमै सावधान रहनुपर्ला । पतिपत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । धन सम्पन्नता बढ्ला । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – आजको दिन प्रेमभाव बढ्नेछ । कार्य क्षमता वृद्धि हुनेछ । स्थायी सम्पत्ति जोड्ने अवसर मिल्नेछ । पतिपत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ । व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त हुनेछ । सोचेको समयमा सम्पादन गर्न भने नसकिएला । आत्मीयजनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिबृद्धि हुनेछ । विलासमा रुचि बढ्नेछ ।

तुला – आजको दिन स्वास्थ्यसम्बन्धी समस्या बढ्ने हुनाले खानपानमा सजक रहनुहोला । गोपनियतामा रहनु उचित छ । आम्दानीका अवसरहरू प्राप्त हुनेछन् । पुराना मित्रहरुले सम्झनेछन्, तर कसैसँग आज झगडा पनि हुन सक्छ । विद्यार्थीहरुका लागि दिन राम्रो छ । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ ।

वृश्चिक – प्रेमबल बढ्ने योग भए पनि पति–पत्नीबीच विवाद बढ्नेछ । घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ । सहयोगीहरू टाढिन सक्छन् । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – आज व्यस्तता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । कतै मिष्ठान्न भोजनको अवसर पनि प्राप्त हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन हुने समय छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । शारीरिक र आर्थिक हीत हुने काममा लाग्नु हीतकर रहला ।

मकर – पारिवारिक सुख प्राप्त हुनेछ । ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य पनि बढ्नेछ । बोलीको प्रभावमा आफ्नो कार्य अघि बढाउन सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडि बढ्नेछन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, ध्यान राख्नुहोला । रसरागमा रुचि बढ्ला । विकासको नयाँ सम्भावना देखा पर्ला ।लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – आजको दिन त्यति शुभकारी देखिँदैन । पारिवारिक स्थिति अनुकूल रहने भए पनि आर्थिक कठिनाई आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुन सक्छ । प्रेम प्रसङ्ग अघि बढ्दा पढाईमा केही कमी हुन सक्ने भएकोले संयमताको आवश्यकता छ । निको भइसकेको रोगले पुनः सताउन सक्ने हुँदा खानपान आदिमा संयमता अपनाउनुपर्ने देखिन्छ ।

मीन – आज बौद्धिक र रचनात्मक कार्य बन्नेछ । धार्मिक कार्यमा आज खासै रुचि नभए पनि अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । भाग्यवर्द्धक काममा आकर्षण बढ्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । समयले साथ दिनेछ ।