आजको पञ्चाङ्ग एवम् राशिफल (२४ असोज २०७९ सोमबार, १० अक्टोबर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ असोज २०७९ सोमबार, १० अक्टोबर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शरद ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ आश्विन २४ गते सोमबार तद्अनुसार सन् २०२२ अक्टुबर १० तारिख आश्विन कृष्ण पक्षको प्रतिपदा तिथि रेवती नक्षत्र व्याघात् योग बालव करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६:०१ मा भयो र सूर्यास्त साँझ १७:३९ मा हुनेछ ।

आजको राशिफल

मेष – खर्च र ब्यस्तता बढ्नेछ । हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । लगानी बढ्नेछ । तथापि, यात्रामा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आयस्रोत वृद्धिका साथै कार्यगति बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदै हुनेछ । यात्रामा धनमाल हराउन सक्छ, ध्यान राख्नुहोला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – कार्यक्षमता वृद्धि हुने योग भए पनि छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । पतिपत्नीमा अविश्वास बढ्ने योग छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । आरोग्य वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आजको दिन शुभकारी छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दु:ख पाइनेछ । सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । परिवारजन तथा बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आज दोडधुप वृद्धि होला । नयाँ जिम्मेवारी हात पार्न सफल भइनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कन्या – समृद्धि बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मौकाको फाइदा लिन सकिनेछ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । प्रेमको बन्धन कसिने बेला छ । रसरागमा आकर्षण बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – आरोग्यता बढ्ने र दाम्पत्यसुख मिल्ने योग छ । साझेदारीको काममा सफलता मिल्नेछ । तपाईंका कामको तारिफ होला । कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठा कमाउने बेला छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउने छन् । मान सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – प्रेमभाव वृद्धि हुनेछ । सौभाग्य बढ्ने योग छ । तथापि, अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला । आरोग्यता बढ्ला ।

धनु – व्यस्तता बढ्नेछ भने हृदयमा सकारात्मक भाव रहनेछ । आजको दिन गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत होलान् । साझेदारीको काम बन्नेछ । मित्रजनको सहयोग समर्थन प्राप्त हुनेछ ।

मकर – आजको दिन धन वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ । शुभता वृद्धि हुनेछ । आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – नसोचेको विषयमा चुनौती पैदा हुन सक्छ । तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । कार्यक्षमता वृद्धि हुनेछ । पराक्रमका साथै प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । नयाँ सम्भावना देखा पर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – आरोग्यता बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । रसरागमा रुचि बढ्नेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ ।