- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर शरद ऋतु वि.सं. २०७९ आश्विन २५ गते तद्अनुसार सन् २०२२ अक्टुबर ११ तारिख मंगलबार कार्तिक कृष्णपक्षको द्वितीया अश्विनी नक्षत्र हर्षण योग तैतिल करण आनन्दादिमा अमृत योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०३ मा भयो र सूर्यास्त साँझ १७ः३७ बजे हुनेछ ।
आजको राशिफल
मेष – मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुने देखिन्छ । आर्थिक पक्ष बलियो बन्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक तथा रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला ।
वृष – आजको दिन लगानी वृद्धि हुने र आर्थिक रूपले सवलता छाउला । सार्वजनिक कार्यक्रममा सफलता प्राप्त हुनेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ तर अन्ततः हितकारी निर्णय लिइएला । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ भने स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
मिथुन – आयस्रोत बढ्ने र मनोकूलको काम सम्पन्न हुने योग देखिन्छ । तथापि, कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमी–प्रेमिकासंग एवम् दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । दुर्गमस्थान वा टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । कुनै पनि समस्याको समाधान प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला ।
कर्कट – मिश्रित फलदायी समय छ । शुभता बढ्नेछ । पराक्रम पनि वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला । आज बोलीको विपरीत अर्थ लाग्न सक्छ योग भएकोले मुखलाई नियन्त्रणमा राख्नुहोला । नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसूस हुनेछ । खेलकुद तथा भ्रमणमा रुचि बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नतिको सम्भावना छ ।
सिंह – आज पारिवारिक वातावरण तपाईंको अनुकूल हुने छैन र पनि शरीरमा उत्साह उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । कार्यगति बढ्नेछ । प्रेमभाव वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । कर्ममा रुचि बढ्ला । आरोग्यता वृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ । समष्टिमा दिन राम्रै छ ।
कन्या – दौडधुप तथा ब्यस्तता बढ्ला । कृषि क्षेत्रमा संलग्न हुनेका लागि राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने देखिन्छ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – आनन्द बढ्नेछ । शुभ र धनबर्द्धक काममा ध्यान केन्द्रित गर्नु हितकर होला । रसरागमा रुचि बढ्नेछ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार होला । आजको दिन विशेष योजना र बजेट बनाइ काम गर्नु उपयुक्त हुनेछ ।
वृश्चिक – मान-महत्व र आरोग्यता बढ्नेछ । रोकिएका काम सम्पादन हुनेछन् । आज कसैसंग सामान्य विवाद वा झगडा पनि हुन सक्छ, ध्यान राख्नुहोला । सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिनुहुनेछ । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना पनि छ । कार्यमा सफलता प्राप्त हुनेछ । शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।
धनु – कार्यक्षमता वृद्धि हुनेछ । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । अधिकारप्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि जित तपाईंकै होला । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।
मकर – व्यस्तता र परिश्रम बढ्नेछ तर परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । कार्यक्षमता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आजको लिदन गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्नु छ भने राम्ररी मोलतोल गर्नु होला । परिवारिक सुख बढ्नेछ । नियमकानूनले साथ दिनेछ । मनोकूलको काममा सफलता मिल्नेछ । आयस्रोत बढ्ला ।
कुम्भ – आज रमाइलो यात्राको योग छ । परिवारिक सुख बढ्नेछ । काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । सन्तानबाट सुख मिल्नेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।
मीन – सुख वृद्धि हुने र आफन्तको साथ मिल्ने योग छ । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो रहला । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा समस्या देखापर्न सक्छ । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । समस्याको समाधान मिल्नेछ । दाम्पत्य जीवनमा सुख वृद्धि हुनेछ ।
प्रतिक्रिया