आजको पञ्चाङ्ग एवम् राशिफल (२६ असोज २०७९ बुधबार, १२ अक्टोबर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ असोज २०७९ बुधबार, १२ अक्टोबर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ शरद ऋतु वि.सं. २०७९ आश्विन २६ गते बुधबार तद्अनुसार सन् २०२२ अक्टुबर १२ तारिख कार्तिक कृष्ण पक्षको तृतीया तिथि भरणी नक्षत्र बज्र योग वणि करण आनन्दादियोगमा काण योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:०२ बजे भयो र सूर्यास्त साँझ १७:३६ बजे हुनेछ ।

आजको राशिफल

मेष – आनन्द र आरोग्यता वृद्धि हुनेछ । आज मनोकूलको काममा सफलता प्राप्त होला । अप्ठ्यारो परिस्थितिका बाबजुद पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । भ्रमणमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आजको दिन बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा-उत्साह बढ्नेछ । आश मारेको फल पुन: प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । तथापि लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि काम सम्पादन हुनेछन् । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – आजको दिन स्वास्थ्यप्रति विशेष सतर्क रहनु हितकर हुनेछ । केही चुनौतीको सामनासमेत गर्नुपर्ला । व्यापार – व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा पनि हुन सक्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । आयस्रोत वृद्धि हुनेछ । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ ।

कर्कट – आज बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । प्रेमको बन्धन कसिने तथा दाम्पत्य सम्बन्धमा रमाउने समय छ । दिन मनोरञ्जनपूर्ण रहला तर खर्च भने बढ्ला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ । नयाँ सम्भावना देखापर्नेछ । शुभ काममा सफलता प्राप्त हुनेछ । मानसम्मान ख्याति फैलिने योग छ ।

सिंह – शुभता बढ्ने र आफन्तसित भेटघाट हुने समय छ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । आम्दानी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । आज बिनाप्रतिस्पर्धा फाइदा हुन सक्छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन पनि सक्छ । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – आजको दिन रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्ने योग छ । मान महत्व बढ्ला । काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । हासविलासमा रुचि बढ्नेछ । आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – अनुकूल समय छ । आरोग्यता बढ्ने र रोकिएको काम बन्ने योग छ । कार्यक्षेत्रमा सफलता मिल्ने देखिए पनि आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफन्तको सहयोग समर्थन मिल्नेछ । भाग्यबर्द्धक कार्य बन्ला ।

वृश्चिक – आजको दिन धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ । पठनपाठनमा राम्रै प्रगति हुनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । इष्टमित्रको सहयोग पाउनुहुनेछ । सन्तानसुख बढ्नेछ ।

धनु – प्रेमभाव बढ्ने तथा बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने दिन छ । इष्टमित्र सन्तानको सुख पनि प्राप्त होला । तर, पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । सम्पत्ति वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । रसरागमा रुचि बढ्ला । कमजोर मानसिकताले पछि परिने योग छ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । इष्टमित्रको सहयोग प्राप्त होला ।

कुम्भ – आजको दिन विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । पुरानो गतिले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दु:ख पाइनेछ । गरिएका कर्मको उचित प्रतिफल मिल्ला । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सुख शान्ति बढ्ला ।

मीन – आज बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख–सुविधा बढ्नेछ । मन अनुकूलको काम बन्नेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । भाग्यवर्द्धक काममा आकर्षण बढ्नेछ । इष्टमित्र तथा सन्तानको सुख प्राप्त हुनेछ । समयले साथ दिनेछ ।