इराकी राष्ट्रपतिलाई चिनियाँ राष्ट्रपतिको बधाई

इराकी राष्ट्रपतिलाई चिनियाँ राष्ट्रपतिको बधाई


इराकको राष्ट्रपति निर्वाचित भएकामा अब्दुल लातिफ रसिदलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले बधाई दिनुभएको छ । शनिबार भएको निर्वाचनमा यहाँको राष्ट्रपतिमा रसिद निर्वाचित भएका छन् । यस अवसरमा चिनियाँ राष्ट्रपति चिनफिङले शनिबार एक बधाई सन्देश दिएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति चिनफिङले चीन र इराकका बीचमा विगत लामो समयदेखि आपसी सम्बन्धका साथै पारस्परिक सम्बन्धको विकास हुँदै आएको र आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई थप अगाडि बढाइने बताएका छन् ।

राष्ट्रपति चिनफिङले चीन इराकका नव नियुक्त राष्ट्रपतिसँग मिलेर काम गर्न चीन तयार रहेको बताएका छन् । उनले इराकी राष्ट्रपति र यहाँका जनतालाई पठाएको सो सन्देशमा आगामी दिनमा चीन र इराकबीच मिलेर काम गर्ने र दुई देशको आपसी हितका क्षेत्रमा समझदारीका लागि सहकार्यका साथ अघि बढ्नुपर्नेमा पनि सो सन्देशमा जोड दिएका छन् ।