अवैध चिनी लोड गरिएका दुई ट्रक नियन्त्रणमा

अवैध चिनी लोड गरिएका दुई ट्रक नियन्त्रणमा


पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका-२ र रामग्राम नगरपालिका-५ स्थित भैरहवा परासी राजमार्गबाट २ कात्तिकमा करिब ९० लाख रुपैयाँबराबरको आठ सय ४० बोरा अवैध रुपले भित्र्याइएको चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

ना.६ख २१९७ र लु.ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको उक्त चिनी र ट्रक सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले बरामद गरेको हो ।

बरामद चिनी तथा दुबै ट्रक आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।