नाइजेरियाली सेनाको कारबाहीमा बोको हरामका ३१ लडाकाको ज्यान गयो

नाइजेरियाली सेनाको कारबाहीमा बोको हरामका ३१ लडाकाको ज्यान गयो


नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा केही दिनयता भएको सुरक्षाका कारबाहीमा परेर कम्तीमा पनि ३१ जनाको ज्यान गएको छ । त्यहाँका सुरक्षा अधिकारीहरुले सो कुराको जानकारी दिएका छन् ।

अधिकारीहरुका अनुसार गएका केही दिनयता भएका कारबाहीका क्रममा कम्तीमा पनि ३१ जना बोको हरामका लडाका मारिएका हुन् ।

नाइजेरियाली सेनाको समन्वयमा यहाँका सबै सुरक्षा निकायहरुले बोको हरामका लडाकाहरुमाथि सो कारबाही गरेका हुन् । सो कारबाहीका क्रममा अरु ७० जना लडाका पक्राउ परेका र कैयौँ हातहातियार पनि नियन्त्रणमा लिइएको जनाइएको छ ।

सेनाका प्रवक्ता मुसा दाबामनीलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएअनुसार देशको उत्तर पूर्वी क्षेत्रहरुमा पछिल्लो समयमा सर्वसाधारणमाथि आक्रमण गर्ने कार्यलाई निरन्तरता दिएपछि सेनाको समन्वयमा सम्पूर्ण सुरक्षा निकायले कारबाही प्रक्रियालाई अघि सारेको छ ।

यसक्रममा बोको हरामका केही लडाका घाइते भएका छन् भने तीन सयभन्दा बढीले आत्मसर्पण गरेको जनाएका छन् । नाइजेरियामा केही वर्षयतादेखि बोको हराम नाकको एक आतङ्ककारी समूहले आतङ्क मच्चाइरहेको छ ।