अर्घाखाँचीमा ७४ वर्षीय वृद्धद्वारा भाइको हत्या

अर्घाखाँचीमा ७४ वर्षीय वृद्धद्वारा भाइको हत्या


  • हरिप्रसाद भुसाल, अर्घाखाँची

अर्घाखाँचीमा ७४ वर्षीय वृद्धले आफ्नै भाइको हत्या गरेका छन् । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. १ घर भएका हिमबहादुर गमालले आफ्ना सहोदर भाइ वीर बहादुर गमालको हत्या गरेका हुन् ।

यही कार्तिक २ गते राति भिरमा लडेर ज्यान गुमाएका भनिएका गमालको शव अर्को दिन बिहान मात्र फेला परेको थियो ।

घटनाको अनुसन्धान गर्दा आफ्नै दाइले भिरबाट धकेलेको भेटिएपछि ७४ वर्षीय हिमबहादुर गमाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

प्रहरीका अनुसार २० गते दिउँसो भुमिकास्थान नगरपालिका वडा नं. ४ धारापानीमा रहेको शाइन रेसुंगा बैंकबाट सँगै वृद्धभत्ता निकालेका दाजुभाइ हिँड्दै घर जाने क्रममा आपसी विवाद भएपछि घचेटाघचेट भएको थियो ।

दुई दाजुभाइबीच लेनदेनमा भएको विवादमा दाइले घचेट्दा भाइ भिरबाट खसेको प्रहरीले जनाएको छ । भिरबाट खसेका गमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।