पिरती स्थायी बनाउन पुष्प, साम्राज्ञी र सन्दीपको आग्रह

पिरती स्थायी बनाउन पुष्प, साम्राज्ञी र सन्दीपको आग्रह


  • राजन घिमिरे

यतिबेला अस्थायी भन्ने शब्दले सबैलाई पिरोलेको छ । राजनीति होस् या माया प्रेम, अस्थायी भइदिनाले त्यसमाथि विश्वास घट्ने अवस्थाको सिर्जना भएको छ । सम्बन्ध र संस्कारलाई स्थायी बनाउन सबै पक्षबाट पहल गरिनुपर्ने आवाज उठिरहेको अवस्थामा चलचित्र ‘ तिम्रो मेरो साथ ‘ले पनि पिरतीलाई स्थायी बनाउन जोड दिएको छ ।

‘रूमालै बाँधेर टाई बनाउँ
हाम्रो अस्थायी पिरती स्थायी बनाउँ’

चलचित्र तिम्रो मेरो साथको यो गीतमा कलाकारहरू पुष्प खड्का, साम्राज्ञी आरएल शाह र सन्दिप क्षेत्रीले गरेको यो आग्रहले पर्दामा कति सार्थकता पाउने हो त्यो त चलचित्र आगामी पौष २९ गते रिलिज भएपछि नै थाहा होला । तर, पछिल्लो समय रिलिजको क्रममा रहेका चलचित्रहरूको गीतमा भने यो गीत स्रोतामाझ स्थायी हुने देखिन्छ । सुभाष भुषालको संगीत, जगदीश समाल र मेलिना राईको आवाज अनि बि. पाण्डेको रचना रहेको यो गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

गीतमा पुष्प, साम्राज्ञी र सन्दिपको उपस्थितिले ज्यान भरेको छ । रमेश एमके पौडेलको निर्माण र निर्देशन रहेको चलचित्र तिम्रो मेरो साथलाई चलचित्रका कार्यकारी निर्माता सविर श्रेष्ठले लेखेका हुन् । चलचित्रको यो गीत बोधी एचडि यूटुबबाट रिलिज गरिएको हो ।