तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे भरिए

तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे भरिए


लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीमा समेत बढ्न थालेको छ । दशैँमा हुने लामो बिदामा धेरै व्यक्ति विभिन्न स्थानमा घुम्न निस्किन्छन् ।

लमजुङमा पछिल्लो समय घुम्न गएर दशैँ मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेको छ । दशैँ र तिहार बिदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टेतिर लागेका छन् ।

सुखी गाउँ घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिबेला तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउसफुल’ भएको छ ।

‘बिदा मनाउनका लागि समूह समुह बनेर आउने क्रम जारी छ’, काउलेपानी पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले भने, ‘गाउँका सबै होमस्टे घरहरु पर्यटकले भरिएका छन् ।’ उनका अनुसार होमस्टेमा दशैँ मनाउनका लागि ५०/६० जना आन्तरिक पर्यटक आएका छन् ।