अमेरिकी सभामुखका श्रीमानमाथि हिंस्रक आक्रमण

अमेरिकी सभामुखका श्रीमानमाथि हिंस्रक आक्रमण


अमेरिकी तल्लो सदनका सभामुख न्यान्सी पेलोसीका ८२ वर्षीय श्रीमानमाथि हिंस्रक आक्रमण भएको छ ।

क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित पेलेसी निवासमा शुक्रबार बिहानै पसेको आक्रमणकारीले पल पेलोसीलाई आक्रमण गरेर घाइते बनाएको सभामुखका सहयोगी ड्रु ह्यामिलले एक विज्ञप्ति निकालेर जनाएका छन् ।

आक्रमणकारीलाई हिरासतमा लिइएको तथा आक्रमणको अनुसन्धान भइरहेको जनाइएको छ । अस्पताल भर्ना भएका पललाई शीघ्र स्वास्थ्य लाभ हुने अपेक्षा गरिएको ह्यामिलले बताएका छन् । घटना हुँदा सभामुख पेलोसी सान फ्रान्सिस्कोमा थिइनन् ।