दक्षिण कोरियामा राष्ट्रिय शोक

दक्षिण कोरियामा राष्ट्रिय शोक


दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले सियोलमा ह्यालोविन उत्सवमा १५१ जनाको मृत्यु भएपछि आइतबार राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

राष्ट्रपति युनले पीडितहरुप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

‘यो वास्तवमै दुःखद हो’ उनले एक विज्ञप्तिमा भनेका छन्, ‘एक त्रासदी घटना राजधानी सिउलको मुटुमा भएको छ ।’

सयोलमा शनिबार राति ह्यालोविन कार्यक्रममा भएको भागदौडमा १ सय ५१ जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएका थिए । उक्त घटनाप्रति विश्वका नेताहरूले शोक प्रकट गरेका छन् ।