सोमालियामा कार बम विस्फोटमा कम्तीमा सय जनाको मृत्यु

सोमालियामा कार बम विस्फोटमा कम्तीमा सय जनाको मृत्यु


सोमालियाको राजधानी मोगादिसुमा भएका दुई कार बम विस्फोटमा कम्तीमा सय जनाको मृत्यु भएको छ ।

त्यहाँको शिक्षा मन्त्रालयबाहिर शनिबार भएको उक्त विस्फोटमा ३०० जना घाइते भएका सोमालियाका राष्ट्रपतिले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै जनाएका छन् ।

राष्ट्रपति हसन शेख मोहम्मदले विस्फोट स्थलको भ्रमणपछि भनेका छन्, ‘विस्फोटमा बच्चाहरूलाई काखमा राखेका आमाहरू, बुबाहरू, पढ्न पठाइएका विद्यार्थीहरू, आफ्नो परिवारको जीवनसँग संघर्ष गरिरहेका व्यवसायीहरूको दु:खद मृत्यु भएको छ ।’

आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन, तर आक्रमणमा मुस्लिम लडाकु समूह अल सहबाबको संलग्नता रहेको राष्ट्रपतिले दाबी गरेका छन् ।