लागत कटौती गर्न मस्कले ट्वीटरका आधा कर्मचारी कटौती गर्ने

लागत कटौती गर्न मस्कले ट्वीटरका आधा कर्मचारी कटौती गर्ने


विश्वप्रसिद्ध धनाढ्य एलोन मस्कले लागत घटाउनको लागि ट्विटर इंकमा आधा कार्यबल कटौती गर्ने योजना बनाएका छन् ।ब्लुमबर्ग न्युजले जनाएअनुसार मस्कले सुरुमा ३७ सय कार्यबल कटौती गर्न लागेका छन् ।

सो विषयसँग सम्बन्धित व्यक्तिहरुलाई उदृत गर्दै उक्त समाचार संस्थाले प्रकाशित गरेको विवरणअनुसार ट्वीटरका नयाँ मालिकले शुक्रबार प्रभावित कर्मचारीलाई जानकारी दिनेछन् ।

यसअघि ट्विटरका एकमात्र निर्देशक र सीईओ मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्यितार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो । यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन् ।

मस्कले यही अक्टोबर २८ मा ट्वीटरको ४४ बिलियन डलरको अधिग्रहण पूरा गरेका थिए। पछिल्लो अधिग्रहणसँगै अर्बपति मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह–स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन् ।