युद्धका कारण युक्रेनबाट १ करोड ४० लाख मानिस विस्थापित

युद्धका कारण युक्रेनबाट १ करोड ४० लाख मानिस विस्थापित


यस वर्षको फेब्रुवरी २४ मा युक्रेनमाथि आक्रमण सुरु भएदेखि १ करोड ४० लाख मानिस जबर्जस्ती आफ्नो घरबाट विस्थापित भएको शरणार्थीका लागि राष्ट्रसंघीय उच्चायुक्त फिलिपो ग्रान्डीले बताएका छन् ।

सुरक्षा परिषद्लाई बुधबार गरिएको एक ब्रिफिङमा संयुक्त राष्ट्रसंघीय शरणार्थी प्रमुखले भने, ‘युक्रेनमा रुसी आक्रमणले दशकहरूमा सबैभन्दा छिटो र सबैभन्दा ठूलो विस्थापन साक्षी बनाएको छ । २४ फेब्रुवरीदेखि लगभग १ करोड ४० लाख मानिसहरू आफ्नो घरबाट विस्थापित भएका छन् ।’

ग्रान्डीले युक्रेनीहरूले अत्यन्तै कठिन परिस्थितिमा कठोर जाडोको सामना गर्ने अवस्थामा रहेको पनि बताएका छन् ।