विभिन्न अभियोगमा जेल जीवन बिताएकालाई युक्रेन युद्धमा परिचालन गर्ने रुसको रणनीति

विभिन्न अभियोगमा जेल जीवन बिताएकालाई युक्रेन युद्धमा परिचालन गर्ने रुसको रणनीति


रुसले लागू औषधसहित विभिन्न अभियोगमा जेल परेर छुटेका व्यक्तिहरुलाई कानुन परिवर्तन गरेर युक्रेनमा लड्न अनुमति दिएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले गम्भीर अपराधमा दोषी ठहरपछि जेल जीवत बिताएर छुटेका पुरुषहरूलाई युक्रेन युद्धमा परिचालन गर्न लागेका हुन् ।

बालबालिकाविरुद्धको यौन अपराध वा आतंकवादको अभियोगमा सजाय पाएका पूर्वकैदीलाई भने सेवाबाट बञ्चित गरिने भएको छ ।

रुसी सेनाले युद्ध अपराधहरू गरेका र सर्वसाधारण मारिएका युक्रेनसम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय आयोगले सेप्टेम्बरमा रिपोर्ट गरेको थियो । रिपोर्टअनुसार केही सैनिकले लिंगमा आधारित हिंसा गरेका थिए ।

युक्रेन आफैंले रुसी सेनाद्वारा हजारौँ सम्भावित युद्ध अपराधहरू पहिचान गरेको बताएको छ। रुसले जानाजानी नागरिकमाथि आक्रमण गरेको अस्वीकार गर्दै युक्रेनी सेनाले देशको पृथकतावादी-नियन्त्रित क्षेत्रहरूमा नागरिकहरूलाई तोपखानाले निशाना बनाएको आरोप लगाएको छ, जसलाई किभले अस्वीकार गरेको छ ।