श्रीलंकामा सरकारविरुद्ध फेरि सडकमा उत्रिए प्रदर्शनकारी

श्रीलंकामा सरकारविरुद्ध फेरि सडकमा उत्रिए प्रदर्शनकारी


उच्च कर, मुद्रास्फीति र सरकारी दमनको विरोधमा सयौँ मानिसहरु श्रीलंकाको सबैभन्दा ठूलो शहर कोलोम्बोमा विरोध प्रदर्शनमा उत्रिएका छन् ।

विपक्षी राजनीतिक दलहरू, ट्रेड युनियन र नागरिक समाज समूहले आयोजना गरेको सरकारविरोधी हयली राष्ट्रपतिको आवास रहेको शहर र मन्त्रायलमा पुगेको थियो । ‘मानिसहरू दिनमा मुश्किलले तीन पटक खान पाउँछन् र यो सरकारले बढीभन्दा बढी कर लगाउनबाहेक केही पनि गरेको छैन । हामीलाई समाधान चाहिन्छ र हामी तिनीहरूका लागि लड्नेछौँ’, सिलोको शिक्षक युनियनका सचिव जोसेफ स्टालिनले भने ।

कीर्तिमानि ढंगमा घटेको विदेशी मुद्रा विनिमय सञ्चितिका कारण टापुका २ करोड २० लाख मानिस इन्धन, खाद्यान्न, खाना पकाउने ग्यास र औषधि जस्ता अत्यावश्यक वस्तुको आयात गर्न संर्घष गरिरहेका छन् । जुलाइमा भएको सरकारविरोधी विशाल प्रदर्शनका कारण पूर्व राष्ट्रसित गोटाबाय राजापाक्षेले देश छाड्न बाध्य भएका थिए ।

यसैबीच, राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय श्रीलङ्कामा जारी आर्थिक सङ्कटका कारण स्थिति गहिरिन सक्ने चेतावनी दिँदै कम्तीमा ५७ लाख श्रीलङ्कावासीलाई मानवीय सहायताको खाँचो रहेको जनाएको छ । यो श्रीलङ्काको कूल जनसङ्ख्याको २६ प्रतिशत हो ।

प्रणाली, सेवा र सुविधाहरूको समस्यालाई सम्बोधन गर्न तत्काल मानवीय सहायता आवश्यक रहेको सो कार्यालयले जनाएको छ ।