इमरान खानको प्रेस सम्मेलनको प्रसारण-प्रतिबन्ध हटाउन निर्देशन

इमरान खानको प्रेस सम्मेलनको प्रसारण-प्रतिबन्ध हटाउन निर्देशन


पाकिस्तान सरकारले पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी एण्ड अथारिटी (पीइएमआरए)लाई पीटीआई अध्यक्ष इमरान खानको प्रेस सम्मेलनको प्रसारण वा पुन: प्रसारणमा च्यानलहरूमाथि लगाइएको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।

सूचनामन्त्री मरियम औरंगजेबको कथनलाई उद्धृत गर्दै डनले जनाएअनुसार प्रधानमन्त्री सहबाज सरिफले संविधानको धारा १९ (वाक स्वतन्त्रता)अन्तर्गत कानुनी आवश्यकताहरूको निरन्तर कार्यान्वयन सुनिश्चित गर्न मिडिया वाचडगलाई आदेश दिएका छन्।

विज्ञप्तिमा भनिएको छ कि प्रतिबन्ध हटाउने निर्देशन पीइएमआरए अध्यादेश सन् २००२ को धारण ५ अन्तर्गत दिइएको थियो । ‘प्रधानमन्त्रीले इमरान खानको पालाको तीतो परम्पराको अन्त्य गरेर नयाँ परम्परा स्थापित गरेका छन्’, सूचनामन्त्री औरंगजेबले भने ।