बर्खास्त गरिएका दर्जनौँ कर्मचारीहरूलाई ट्वीटरले फिर्ता बोलायो

बर्खास्त गरिएका दर्जनौँ कर्मचारीहरूलाई ट्वीटरले फिर्ता बोलायो


४४ अर्ब डलरमा एलोन मस्कले ट्वीटर अधिग्रहण गरेसँगै गत शुक्रबार आफ्ना करिब आधा कर्मचारीहरूलाई हटाएपछि जागिर गुमाएका दर्जनौँ कर्मचारीहरूलाई ट्वीटर कम्पनीले पुन: सम्पर्क गर्दैछ । ब्लुमबर्ग न्युजले जनाएअनुसार कम्पनीले केही कर्मचारीलाई फेरि काममा फर्किन आग्रह गरिरहेको छ ।

फिर्ता हुन भनिएका केहीलाई गल्तीले कामबाट निकालिएको भन्ने तर्क दिइएको थियो । इलोन मस्कले कल्पना गरेका नयाँ सुविधाहरू निर्माण गर्न उनीहरूको काम र अनुभव आवश्यक हुनसक्छ भन्ने कुरा व्यवस्थापनले महसूस गर्नुअघि अन्य कर्मचारीलाई जान अनुमति दिइएको थियो ।

ट्विटरले भर्खरै ट्रस्ट र सेफ्टी टिमका कर्मचारीसहित आफ्ना ५० प्रतिशत कर्मचारीहरूलाई हटाएको कम्पनीको सुरक्षा र अखण्डताका प्रमुख योएल रोथले यस हप्ताको सुरुमा ट्वीटमा भनेका थिए ।