राष्ट्रपति विद्यदेवी भण्डारी सोमबार आइसल्याण्ड प्रस्थान गर्नुभएको छ । ६ दिवसीय भ्रमणको सिलसिलामा १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ आइसल्याण्ड भ्रमणमा जानुभएको हो ।
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएकी राष्ट्रपति भण्डारीको विदाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।
विमानस्थलमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति सम्मान अर्पण गरेको थियो ।
भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम छ ।
यसैबीच, राष्ट्रपति कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गर्नुभएकाले उहाँले गर्दै आएका कार्यहरू उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने गरी राष्ट्रपतिले तोक्नुभएको जनाएको छ ।
प्रतिक्रिया