आजको पञ्चाङ्ग एवम् राशिफल (आषाढ ३१ बुधबार २०८३, जुलाई १५, २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (आषाढ ३१ बुधबार २०८३, जुलाई १५, २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८३ आषाढ ३१ गते तद्अनुसार सन् २०२६ जुलाई १५ तारिख बुधबार आषाढ शुक्लपक्षको प्रतिपदा तिथि पुष्य नक्षत्र हर्षन योग बालव करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१९ मा भयो र सूर्यास्त साँझ १९ः०० बजे हुनेछ ।

आजको राशिफल

मेष – मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुनसक्ने समय छ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ भने यात्रा सार्थक वा फलदायी बन्नेछ । नियमित काममा उत्साह जागृत होला । नोकरीमा पदोन्नति, व्यापार–व्यवसायमा फाइदाको योग छ । दाम्पत्यसम्बन्ध सुमधुर रहला । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । कार्य व्यवहारमा सन्तोष्जनक रहनेछ ।

वृष – लगनशीलता र मिहेनतले रोकिएको काम बन्ने दिन छ । आरोग्यबल बढ्नेछ भने मित्रजनका साथ मिठो भोजनको अवसर जुर्ला । परिवारजन एवम् सन्तान पक्षबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । दाम्पत्यसम्बन्ध प्रगाढ हुनेछ । मित्रजनका साथ सुखद यात्राको सम्भावना पनि छ । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दिन रमाइलै बित्ला ।

मिथुन – बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता मिल्ने समय छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । लगानीको प्रतिफलमा कमी र मानहानी वा अपजशको सम्भावना पनि छ, कसैको उक्साहटमा लागेर फजुल यात्रासमेत हुन सक्छ, सजग रही उचित निर्ण लिनुहोला । कृषिकर्म तथा पशु व्यवसायबाट राम्रै फाइदा हुने एवम् धनधान्य लाभको योग छ । स्थायी सम्पत्ति आर्जन गर्न सकिनेछ । स्वास्थ्य सबल रहला । आँट, साहसका साथ प्रेमभाव वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ, परिवारिक सुख बढ्नेछ ।

कर्कट – कर्मबल र सफलताको दर बढ्ने दिन छ । आयबल वृद्धि होला । तथापि, साझेदारी सम्बन्धमा भने समस्या आउने देखिन्छ । सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ, ध्यान राख्नुहोला । कृषिकर्ममा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल हुने योग रहेकोले आजको दिन लगानी स्थगित गर्नु उचित हुनेछ । विपरीतलिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिने देखिन्छ । गीतसंगीत तथा रसरागात्मक क्रियाकलापमा आकर्षण रहला ।

सिंह – साहसिक कर्ममा आकर्षण रहेपनि आजको दिन अनावश्यक खर्च, कर्जा वृद्धि र चोटपटक लाग्नसक्ने देखिन्छ, सावधान रही व्यवहार गर्नुहोला । कतिपय अवस्थामा बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ । तथापि, शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यमा केही समस्या आउन सक्छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।

कन्या – केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले सफलता दिलाउने दिन छ । आर्थिक उपार्जनमा सुधार आउनेछ भने कृषि र पशुपालनबाट सामान्य फाइदा मिल्ने देखिन्छ । नोकरीतर्फ हुनेहरूका लागि प्रशंसा तथा पदोन्नतिको अवसर जुर्ला । प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुने योग छ । स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ, ध्यान राख्नुहोला । सुख विलासको माहोल बन्ने सम्भावना छ ।

तुला – नियमित कार्यमा अनुकूलता वृद्धि हुने र बौद्धिक पक्षबाट विशेष लाभ मिल्ने समय छ । रुपैयापैसाको कारोबार होला । छुटेका आफन्त एवम् मित्रजनसँग भेटघाटको अवसर मिल्ने देखिन्छ । धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा ज्यादा समय जानेछ । प्रेमभावका साथै सन्तानपक्षबाट सुख बढ्नेछ । दाम्पत्यसुखको पनि अनुभूति होला । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइने योग छ, सावधानी अपनाउनुहोला ।

वृश्चिक – आजको दिन काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना छ । आर्थिक अभावले पनि सताउन सक्छ । सवारीसाधन तथा हातहतियारको उपयोग विशेष सावधानीसाथ गर्नुहोला । परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । मातृस्वास्थ्यमा समस्या आउने देखिन्छ, विशेष सतर्क रहनुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

धनु – आज समाजसेवा र परोपकारका कार्यमा विशेष मन जानेछ । उत्तम रोजगारी मिल्ने तथा नोकरीमा प्रशंसा र पदोन्नतिसमेत हुने सम्भावना छ । व्यवसायमा अनुकूल परिवर्तन होला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ, सजग रहनुहोला । अनावश्यक उत्तेजनाले हातमा आएका अवसर गुम्न सक्छन्, संयमता अपनाउँदा महत्वपूर्ण उपलब्धि हुन सक्छ, ध्यान राख्नुहोला । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।

मकर – विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ । बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति वा सफलता मिल्नेछ । नसोचेको ठाउँबाट आर्थिक लाभको योग पनि छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । तथापि, आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि र आलोचना हुनसक्छ, ध्यान राख्नुहोला । जीवनसाथीलाई केही पीडा हुने सम्भावना रहेकोले विशेष सजग रहनु उचित हुनेछ । कर्मबल वृद्धिका साथै साथीभाइको सहयोगले रोकिएको काम बन्नेछ ।

कुम्भ – आजको दिन पारिवारिक असमझदारी र बन्धुबान्धवसँग मनमुटाव हुनसक्छ, तर निकटका मित्रहरूबाट उचित सहयोग मिल्नाले समय उत्साहवद्र्धक नै रहला । नियमित कार्यमा सहयोगीको राम्रै साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुने देखिन्छ । महत्वपूर्ण वस्तु गुम्ने सम्भावना छ, सचेत रहनुहोला । आरोग्यता रहनेछ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्नेछ ।

मीन – मिश्रित फलदायी समय छ । विरोधिजनको सक्रियताका कारण आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ । स्वास्थ्य पनि केही कमजोर रहला । नसोचेको विषयमा खर्चभार बढ्न सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने योग छ, सजग रही विधि-व्यवहार गर्नु उचित हुनेछ । परिस्थितिअनुसार चल्न नसक्दा अलि पछि परिने सम्भावना छ । मित्रजनको साथ–सहयोग भने रहनेछ ।