नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा पाँच सदस्य नियुक्त गरिएका छन् । नियुक्त गरिएका सदस्यहरुमा खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, श्रीजना केसी, डा. शोभिता श्रेष्ठ ढकाल र पेम्बा शेर्पा रहेका छन् ।
पर्यटन ऐन र प्रचलित कानुनी व्यवस्थाअनुसार गठन गरिएको बोर्ड सदस्य छनोट समितिले खुला आवेदनबाट प्राप्त निवेदनको मूल्याङ्कन गरी उनीहरुलाई नियुक्त गरिएको जनाइएको छ ।
बोर्ड सदस्यका लागि देशभरबाट एक हजार १०० वटा आवेदन परेको र आवेदकको योग्यता, अनुभव, पर्यटन क्षेत्रमा गरेको योगदान, नेतृत्व क्षमता र समग्र दक्षताका आधारमा छनोट गरिएको बोर्डले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन क्षेत्रको नीति निर्माण, गन्तव्य प्रवर्द्धन, लगानी आकर्षण र सार्वजनिक–निजी साझेदारीलाई मजबुत बनाउन खुला र पारदर्शी प्रक्रियाबाट सदस्य चयन गरिएको बोर्डको भनाइ छ ।
प्रतिक्रिया