स्पेन विश्वकप २०२६ को फाइनलमा

स्पेन विश्वकप २०२६ को फाइनलमा


फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप २०२६ को फाइनलमा पुगेको छ । डालासको एटी एन्ड टी रंगशालामा बुधबार (१५ जुलाई) भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गरेको हो ।

सन् २०१४ मा दक्षिण अफ्रिकामा आफ्नो फुटबल इतिहासमा एकमात्र विश्वकप उपाधि जितेपछि स्पेन पहिलो पटक फाइनल पुगेको हो । स्पेनको यात्रा एतिहासिक रहेको छ, टोलीले फाइनलसम्म पुग्ने क्रममा केवल १ गोल खर्चेको छ ।

रोड्रीले मिडफिल्डमा वर्चस्व जमाएपछि स्पेनले बल आफ्नो नियन्त्रणमा राख्दै फ्रान्सलाई बिरलै अवसर दिएको थियो । स्पेनले फ्रान्समाथि लगातार आक्रमण गरेको थियो ।

मिकेल ओयारजबलले पेनाल्टीमा गोल गरी स्पेनलाई २२औं मिनेटमा अग्रता दिलाए । लुकास डिग्नाले लामिन यमाललाई लडाएपश्चात् स्पेनले सो पेनाल्टी पाएको थियो । यस विश्वकपमा मिकेलको यो पाँचौं गोल हो । डानी ओल्मोसँगको वान टच पासलाई अगाडि बढाउँदै स्पेनबाट पेड्रो पोरोले ५८औं मिनेटमा दोस्रो गोल गरे ।

अब आगामी आइतबार न्यु जर्सीमा हुने फाइनलमा स्पेनले अर्जेन्टिना र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइलनको विजेतासँग खेल्नेछ ।