सन् २०२२ मा गर्मीका कारण युरोपमा कम्तीमा १५ हजारको मृत्यु

सन् २०२२ मा गर्मीका कारण युरोपमा कम्तीमा १५ हजारको मृत्यु


सन् २०२२ मा तातो मौसमका कारण युरोपमा कम्तीमा १५ हजार मानिसको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तातो हावाबाट सबैभन्दा बढी स्पेन र जर्मनी प्रभावित भएका जनाइएको छ ।

गत जुनदेखि अगस्टसम्मको तीन महिना युरोप रेकर्ड राख्न शुरु गरिएयताकै सबैभन्दा तातो थियो र, असाधारण रूपमा उच्च तापक्रमले महाद्वीप मध्ययुगपछिकै सबैभन्दा खराब खडेरीको साक्षी बनेको डब्लुएचओले जनाएको छ ।

“अहिलेसम्म पेश गरिएको तथ्यांकका आधारमा तातो हावाका कारण सन् २०२२ मा कम्तीमा १५ हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ’, डब्ल्यूएचओका युरोपका क्षेत्रीय निर्देशक हान्स क्लुगेले एक विज्ञप्तिमा भनेका छन्।

गर्मीको ३ महिनामा स्पेनमा करिब ४ हजार, पोर्चुगलमा १ हजारभन्दा बढी, बेलायतमा ३२ सय भन्दा बढी र जर्मनीमा ४ हजार भन्दा बढीको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले रिपोर्ट गरेका क्लुगेको भनाइ छ ।