पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत फेला

पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत फेला


पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । सुन्धाराको एक होटेलमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार पत्रकार अधिकारी सुनधारास्थित सिद्धार्थ होटलको कोठा नम्बर ५०२ मा पङ्खामा झुन्डिएर मृत अवस्थामा फेला परेका हुन् । उनी कात्तिक २१ गते घरबाट निस्केर घर फर्किएका थिएनन् ।

अधिकारी जासुसीको जालो, चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा पुस्तकका लेखक पनि हुन् ।

उनी बसेको होटलको कोठामा श्रीमतीसहित पुग्दा उक्त कोठा भित्रबाटै बन्द थियो । त्यसपछि प्रहरी र आफन्तले ढोका फोरेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको देखिएको छ । यद्यपि, अन्य कोणबाट पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।