लुकाएर बेवारिसे तुल्याइएको चिनी बरामद

लुकाएर बेवारिसे तुल्याइएको चिनी बरामद


  • आरपी उपाध्याय, पश्चिम नवलपरासी

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको दक्षिणी सिमानाका अन्तर्गत धर्मौली इलाकाबाट बेवारिसे अवस्थामा लुकाइराखेको चिनी बरामद भएको छ।

सशस्त्र प्रहरी बल गुठीप्रसौनी र इलाका प्रहरी कार्यालय बेलाटारीको संयुक्त्त जनशक्तिले नेपाल भारत अन्तर्राष्ट्रिय सिमानजिक परालले छोपी राखेको ६२ सय ५० किलो चिनी बरामद गरेको सशस्त्र प्रहरी बल २६ न. गणले जानकारी दिएको छ ।

नियन्त्रणमा लिइएको अवैध चिनीलाई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार चलान गरेको बताइएको छ। निर्वाचनको समयमा सुरक्षा निकाय निर्वाचन केन्द्रित कार्यमा संलग्न भएको अवस्थामा अवैध कारोवारीहरुले चिनीलाई भारतबाट नेपाल ल्याइ लुकाइराखेको अवस्थामा बरामद गरिएको हो । सुरक्षा निकायले बरामद गरेको चिनीको मूल्य ५ लाख रुपैयाँ रहेको बताइएको छ।