ललितपुरमा १० र ११ वर्षीया दुई बालिका बलात्कृत भएका छन् ।
बालिकाहरुलाई बलात्कार गरेको अभियोगमा गोदावारी नगरपालिका–३ नहर बस्ने १९ वर्षीय पर्वत विश्वकर्मा र १९ वर्षकै मदन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले दुवै जना बालिकालाई गत शुक्रबार दिउँसो आफ्नै कोठामा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कारको उजुरी परेपछि प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया