यी हुन् निर्वाचनमा मतपत्र बदर हुन सक्ने सात अवस्था

यी हुन् निर्वाचनमा मतपत्र बदर हुन सक्ने सात अवस्था


आइतबार प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आम निर्वाचनका क्रममा मतपत्र बदर हुन नदिन मतदाता शिक्षामा समेत बल गरिरहेको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा मतपत्र बदर हुने अवस्था उल्लेख गर्दै आयोगले मतदाता शिक्षामा जोड दिन जरुरी रहेको बताएको छ ।

यस्ता छन् मतपत्र बदर हुन सक्ने सात अवस्था

१) दुई वटा निर्वाचन चिन्ह रहेको कोठाको बीचमा पर्ने गरी मत संकेत गरेमा मतपत्र बदर हुन सक्दछ ।

२) एकभन्दा बढी निर्वाचन चिन्हमा मत संकेत गरेमा ।

३) स्वस्तिक छाप नबुझिने गरी मत संकेत गरेमा ।

४) मतपत्रमा स्वस्तिक छापको सट्टा औँठा छाप वा अन्य छाप वा संकेत प्रयोग गरेमा ।

५) कोठा भन्दा बाहिर स्वस्तिक छाप लगाएमा ।

६) मतपत्र च्यातिएमा ।

७) मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएमा ।