बैतडीमा मतपेटिका पुर्याएर फर्किएका प्रहरीहरु सवार जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
जीपमा १२ जना प्रहरी सवार रहेको बुझिएको छ । से १ ज ८५४ नम्बरको जीप पाटन नगरपालिका वडा नं. ४ को निङलाडी खोलामा दुर्घटना भएको वडाअध्यक्ष दिपक बिष्टले जानकारी दिएका छन् ।
दुर्घटनामा परी ८ जना घाइते भएकोमा तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुमध्ये ६ जनाको पहिचान खुलेको छ । घाइते हुनेमा गोपालबहादुर पाल, आशा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत रहेका छन् ।
घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । घटनाका बिषयमा थप जानकारी आउन बाँकी छ ।
प्रतिक्रिया