सोलोमन द्वीपमा ७ म्याग्निच्युडको भूकम्प

सोलोमन द्वीपमा ७ म्याग्निच्युडको भूकम्प


मंगलबार सोलोमन द्वीपमा ७ दशमलब ० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दुबाट ३०० किलोमिटर (१८५ माइल)भित्र सोलोमन तटको क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।

भूकम्पपछि मानिसहरुको भागदौड मच्चिएको थियो । भूकम्पपछि राजधानी शहरलगायतका विभिन्न स्थानमा विद्युत अवरोध भएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

करिब २० सेकेन्डसम्म भूकम्प महसूस गरिएको एएफपी समाचार संस्थाले जनाएको छ । भूकम्पले पुर्‍याएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ ।