एमालेको नेतृत्व पङ्क्तिबाट असहयोग भएको हृदयश त्रिपाठीको आरोप

एमालेको नेतृत्व पङ्क्तिबाट असहयोग भएको हृदयश त्रिपाठीको आरोप


जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफू निर्वाचनमा पराजित भए पनि राजनीतिमा पराजित नभएको प्रतिक्रिया दिएका छन् । आफूलाई सहयात्री दल नेकपा (एमाले)को नेतृत्व पङ्क्तिबाट निर्वाचनमा असहयोग भएको आरोप पनि उनले लगाएका छन् ।

नेता त्रिपाठी एमालेको समर्थनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका थिए । उनलाई नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले पराजित गरेका हुन् ।

परासीमा आइतबार पत्रकार सम्मेलन गर्दै नेता त्रिपाठीले निर्वाचनमा हारे पनि जनताको सेवा र प्राप्त उपलब्धिको रक्षा गर्न आफू सदैव सक्रिय रहने प्रतिबद्धता जनाए ।