सुकुम्वासी बस्ती आक्रमणबाट घाइते भएका तीन नगरप्रहरी आइसियुमा

सुकुम्वासी बस्ती आक्रमणबाट घाइते भएका तीन नगरप्रहरी आइसियुमा


सोमबार दिउँसो थापाथलीस्थित सुकुम्बासी बस्तीका अवैध संरचना हटाउने क्रममा स्थानीयको आक्रमणमा परी घाइते भएका काठमाडौं महानगरका तीन जना प्रहरीको आइसियुमा राखेर उपचार भइरहेको छ ।

स्थानीयले ढुंगामुढा प्रहार गर्दा महानगर प्रहरीप्रमुख राजु पाण्डेसहित १८ जना घाइते भएका महानगरपालिकाले जनाएको छ ।

सोमबार साँझ एक विज्ञप्तिमार्फत महानगरले उक्त आक्रमणमा संलग्नहरूलाई कानून बमोजिम कारबाही गर्न प्रहरीमा उजुरी समेत गरेको जनाएको छ ।

उक्त आक्रमणमा संलग्न व्यक्तिहरूको नामसमेत खुलाइ महानगरीय प्रहरी वृत्त टेकुमा जाहेरी दिएको महानगरको विज्ञप्तिमा उल्लेख छ ।