रावलको प्रश्न- अमेरिकी राजदूतलाई बालेनले परराष्ट्र मन्त्रालयको अनुमतिमा भेटेका हुन् ?

रावलको प्रश्न- अमेरिकी राजदूतलाई बालेनले परराष्ट्र मन्त्रालयको अनुमतिमा भेटेका हुन् ?


एमाले नेता भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन साह)ले नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनसँग गरेको भेटबारे गम्भीर चासो व्यक्त गरेका छन् ।

मेयर साह र राजदूत थम्पसनबीच बिहीबार भेटवार्ता भएको थियो । राजदूत थम्पसनसँग भेट्दा मेयर साहले परराष्ट्र मन्त्रालयबाट अनुमति लिए नलिएको विषयमा नेता रावलले चासो व्यक्त गरेका हुन् । उनले यसबारे स्पस्ट पार्नसमेत माग गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उपाध्यक्ष रावलले लेखेका छन्, ‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ । कामपाका प्रमुख बालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराइ परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन, स्पष्ट गरियोस् । संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं ।’