अवैध बालुवा प्रहरी नियन्त्रणमा

अवैध बालुवा प्रहरी नियन्त्रणमा


  • आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाअन्तर्गत झरही खोलाबाट अवैध रुपमा बालुवा उत्खनन गरी ट्याक्टरमा लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ।

सरावल गाउँपालिका वडा नं. ६ बडसारे इलाकाबाट बालुवा निकाली लु.३ त ८३११ नम्बरको ट्याक्टरमा लोड गरि लैजाँदै गरेको अवस्थामा प्रहरीचौकी भुजवहाको जनशक्तिले सोमबार दिउँसो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएको बालुवासहितको ट्र्याक्टरलाइ आवश्यक कारवाहीको लागि सरावल गाउँपालिकाको कार्यालयमा पठाइएको प्रहरीले बताएको छ । नदी र खोलाजन्य पदार्थलाई अवैध रुपमा उत्खनन गर्न नपाइने कडा प्रावधान भएपनि केही अवैधकर्मीहरुले सुनसान इलाकाबाट बालुवा, गिट्टी पदार्थ झिक्ने क्रम जारी नै रहेकोले प्रहरी निकाय पनि गोप्य सूचनाको आधारमा अवैध सामाग्री सहित सवारी साधन नियन्त्रणमा लिने प्रक्रिया बढाएको छ ।

यसै क्रममा बर्दघाट नगरपालिकाअन्तर्गत खजुरा खोलाबाट पनि अवैध रुपमा खोलाजन्य सामाग्री उत्खनन हुन थालेको पनि बुझिन आएको छ।